सप्तरी- सप्तरीमा प्रहरीको गोली लागेर शनिबार राति दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
शनिबार अबेर राति प्रहरीले एस्कर्टिङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोरो भिडन्त भएको थियो । अत्याधिक संख्यामा रेहका मोर्चाका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि प्रहरीले जवाफी कारबाही गरेको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख भिम ढकाल बताएका छन् ।
उनको अनुसार प्रहरीको गोली लागि भारदह क्षेत्रमा गाढा- ९ का वीरेन्द्र राम र रुपनी क्षेत्रमा जमुनी मध्यपुरा- ७ का नागेश्वर यादवको मृत्यु भएको छ । गोली लागि घाइते भएका २० भन्दा बढीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।






