अन्तराष्ट्रिय कलाकार समाजको शाखा भारतमा गठन

नेपाली कलाकार र साहित्यकारहरुको विश्वव्यापि संजाल अन्तराष्ट्रिय नेपाली कलाकार समाज International Nepalese Artist Society INAS को शाखा भारतमा पनि गठन भएको छ। यस संस्थाको केन्द्रिय समितिले दिल्ली-भारतको शाखालाई गत २८ नोभेम्बरको दिन अनुमोदन गरेपछि भारतमा पनि यस संस्थाको शाखा गठन भएको हो।

नबगठित शाखामा इण्डियन आइडलका उपविजेता चर्चित गायक कपिल थापा र कला संगीतमा अभिरुचि राख्नुहुने चर्चित व्यक्तित्व श्री राजु शंकरज्यू जस्ता प्रवुद्ध व्यक्तित्वहरु सल्लाहाकार रहनुभएको छ।  त्यस्तै  प्रसिद्ध समाजसेवीका रुपमा छुट्टै पहिचान बनाउनुभएका र प्रवासमा रहेर पनि नेपाली गीत, संगीत र साहित्य लेखनमा आफूलाई समर्पित गर्दै आउनुभएका कलाकार श्री युधिष्टर शाहज्यूको अध्यक्षतामा गीत संगीत, अभिनय, निर्देशन, साहित्यलेखन लगायतका विधाहरुमा सक्रिय भएर कार्य गर्दै आउनुभएका कलाकारहरु सम्मिलित २१ सदस्यीय समिति  रहेको छ।