लण्डन । गैर आवासीय नेपाली संघ एन आर एन यूकेको सातौँ अधिवेसनका लागि ३ हजार ६ सय २५ जना सदस्य बनेका छन् । सेप्टेम्बर ९ मा आसन्न अधिवेसनमा सहभागी हुनका लागि सदस्यता लिन तोकिएको सोमबार साँझ १० बजेसम्मको समयमा सो संख्याको सदस्यता आवेदन आएको हो ।
सोमबार झन्डै मध्यरातमा एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुंगले दिएको जानकारी अनुसार अनलाइन मार्फत सदस्यता फारम बुझाउने १ हजार ७ सय १३ छन् भने १ हजार ८ सय ६२ जनाले फारम भरेर कागजी आवेदन बुझाएका छन् ।
यसै बीच आवेदन आएका मध्ये विभिन्न कागजात नपुगेका ५० आवेदनलाई अहिले स्वीकृत गरिएको छैन । उनीहरुलाई आवश्यक कागजातको लागि सम्पर्क गरिने निर्वाचन समितिले जनाएको छ ।
संघको नेतृत्वका लागि आइसीसी सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय योगकुमार फगामी र हिराधन राईले दावी गरेका छन् ।






