काठमाडौं,२८ असोज । आज विश्व हात धुने दिवस, स्वच्छताका लागि हात बढाऔ“ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । साबुन पानीले हात धोएमा झाडापखाला, निमोनियमा जस्ता ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमण्ँलाई २३ प्रतिशतले घटाउन सकिने डाक्टरको भनाई छ । विश्वमा निमोनिया र झाडापखालाका कारण्ँ हरेक वर्È ५ बर्षमुनिका १७ लाख बालबालिकाको ज्यान जाने गरेको छ । साबुन पानीले मिचीमिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने डाक्टरले बताएका छन् । केही वर्È यता हात धुने दिवसलाई बालबालिका केन्द्रीत गरिएको छ । बालबालिकामा आएको चेतनाले समाज परिवर्तनमा महत्वपूर्ण काम गर्ने भएकाले उनीहरु लक्षित कार्यक्रम भएका हुन् । सन् २००८ अक्टोबर १५ तारिख देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । शौचालय गएपछि तथा खाना खानु र खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धोए गम्भीर रोग लाग्नबाट बच्न सकिने डाक्टरको भनाई छ । यस्तै आज ५२ औं विश्व सेतो छडी दिवस । नेपाल नेत्रहीन संघ, नेपाल अन्धा कल्याण्ँ संघ र संस्थाको सहकार्यमा नेपालमा औपचारिक कार्यक्रम हु“दैछ । दिवसकै अवसरमा बिहीबार दृष्टिबिहिन नागरिकलाई काठमाडौंको शान्तिवाटिकामा सेतो छडी वितरण्ँ पनि हुदैछ । तर यो दिवस मनाउन थालेको लामो समय बितिसक्दा पनि अझै पनि धेरै दृष्टिबिहिनले सेतो छडी पाएका छैनन भने पाएकाले पनि सडक, फुटपाथ र बाटो छेउछाउमा थुपारिने फोहोरका कारण्ँ सहजस“ग हिडडुल गर्न सकेका छैनन । दृष्टिबिहनको क्ष्ेत्रमा काम गर्दै आएको उज्वल नेत्र समाजका अध्यक्ष वासुदेव अधिकारीका अनुसार बाटो छेउछाउमा राखिने पसलका कारण्ँ पनि हिडडुलमा समस्या परेको छ । अहिले एक लाख भन्दा धेरै दृष्टिबिहिनले सेतो छडी प्रयोग गरे पनि सडक वारपार गर्न र गाडीमा ओहोरदोहोर गर्न समस्या भएकाले दैनिक जीवनयापनमा कठिनाई भैरहेको उहाको भनाई छ ।
आज एकै दिन विश्व हात धुने र सेतो छडी दिवस मनाइदै






