बाहिरबाट आई ठगी गर्ने समहु बढ्यो, सतर्क रहन आग्रह

दमक- झापाको दमकमा बाहिरबाट आएका केहि ब्यक्तिहरुले विभिन्न उपाय अपनाएरु ठगी गर्ने गरेको पाईएको छ ।

विगत केहि दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ बस्तीहरुमा अपरिचित महिला तथा पुरुष मानिसहरुले घर गाउँ टोलटोलमा गई विभिन्न किसिमका नक्कली सुनका टिल विस्कुट तथा सिक्का देखाएर ठगी गरिरहेको सुनिएको पाईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताउनु भयो ।