यसपालि सुपथ मूल्य पसल नखुल्ने

काठमाडौं – डिल्लीबजारकी शारदा शर्माले केही दिनयता सुपथ मूल्य पसलबारे धेरैलाई सोधिन् । कसैबाट जवाफ नआएपछि उनले नेशनल ट्रेडिङ लिमिटेडका टेकुस्थित केन्द्रीय कार्यालयमै सोधिन् । तैपनि, पसल सञ्चालन हुने–नहुने निधो नपाएको उनले बताइन् ।

नेसनल टे«डिङका कर्मचारीले यो वर्ष सस्तो पसल सञ्चालन हुने–नहुने प्रस्ट जवाफ दिन सकेनन् । दसैं सुरु भइसक्दा पनि यो वर्ष सरकारी निकायले सुपथ मूल्य पसल राख्ने निर्णय नदिएपछि यसबारे सोधखोज गर्न नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानका कार्यालयमा दर्जनौं सर्वसाधारण पुग्छन् । ती निकायका अधिकारी देशको अवस्था जटिल भएको भन्दै सस्तो पसल सञ्चालन हुने सम्भावना नभएको बताएर फर्काउँछन् ।

निजी क्षेत्रका व्यवसायीले सर्वसाधारणलाई सहज रुपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन नसकेको बेला सरकारी निकायबाट पनि नकारात्मक जवाफ आउँदा यसपालिको दसैं महँगो र खल्लो हुने सर्वसाधारणको चिन्ता छ । विगतमा बर्सेनी सुपथ मूल्य पसल राख्दै आएका सरकारी संस्थानहरुले माथिल्लो निकायबाट निर्णय नआएकाले अन्योल नहटेको बताएका छन्,