काठमाडौं २८ असाेज । मानव बेचबिखनविरुद्दको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला स्वीडेनको चाइल्ड १० (सी टेन) अन्तर्राष्टिय अवार्डबााट सम्मानित हुने भएकी छन् ।
बालअधिकार स्थापनार्थ गरेको योगदान र बालबालिका बेचबिखनविरुद्दको अभियानमा निरन्तर लागेबापत कोइरालालाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो ।
नोभेम्बर ८ देखि १० तारिखमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने समारोहमा उनलाई पुरस्कृत गरिनेछ । पुरस्कारको राशि एक लाख स्वीडिस क्रोनर छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।






