बेलायति पत्रकारद्वारा मोदीलाई प्रश्नको अोईरो : कालो नीलो भए मोदी

लण्डन अबतरण गरेर प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटन नपुग्दै हजारौं मानिसले सडकमा उत्रिएर मोदीको बिरोध प्रर्दशन गरे ।

त्यसमा सवैभन्दा अगाडी थिए नेपाली, त्यसपछि गुजराती र शिख समुदाय । नेपालमाथि गरिएको नाकाबन्दीबाट आक्रोशित लण्डनबासी नेपालीले ठूलो संख्यामा उपस्थीत भएर प्रर्दशन गरे ।

यी बिरोधलाई छल्दै बेलायती उच्च अधिकारीसँग छलफल र संसदमा सम्बोधन गरेक मोदीको अनुहार त्यतिबेला कालो निलो भयो जब संसारभरका संचारकर्मी उपस्थित पत्रकार सम्मेलनमा बेलायती सरकारी संचारमाध्यम बीबीसीका पत्रकारले मोदी असहिष्णु बनेकोबारे प्रश्न सोधे । मुस्लिम समुदायमाथि भएको थिचोमिचो र गाइ खाएको अभियोगमा मुस्लिमको हत्या गरिएको घटनालाई उदृत गर्दै बीबीसीका पत्रकारले सोधे- भारत किन यति धेरै असहिष्णु मुलुक बनेको ? यो प्रश्न मोदीका लागि अनपेक्षित थियो । उनले संविधानले सवैलाई न्याय गर्ने र त्यस्ता घटनालाई कुनै पनि हालतमा सहन नसकिने भन्दै गोलमटोल जवाफ दिए । उनले भने- भारत बुद्ध र गान्धीको मुलुक हो र न्यूनतम सामाजिक मूल्यको बिरोधमा हुने कुनै चिजलाई भारतीय समाजले स्वीकार्दैन ।’

त्यसपछि गार्जियन दैनिकका पत्रकारले मोदीसँगै उभिएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई सोधे- गुजरात घटनाका आरोपी भन्दै उनी मुख्यमन्त्री रहेका बेला मोदीलाई बेलायतले भ्रमणमा बन्देज लगाएको थियो, आज उनलाई स्वागत गर्नुपर्दा तपाईँलाई कत्तिको असहज लागिरहेको छ ? क्यामरुनले मोदीलाई स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै कुटनीतिक जवाफ दिए तर नरसंहारमा संलग्न रहेको अभियोगमा बेलायत भ्रमणमा रोक लगाइएको बिषयमा कुरै गरेनन् । त्यसपछि मोदी जवाफ दिन अघि सरे । उनले भने- यो गलत धारणा हो, बेलायतले मलाई कहिल्यै पनि भ्रमणमा बन्देज लगाएको छैन्, म २००३ मा पनि यहाँ आउँदा न्यानो स्वागत पाएको थिएँ ।’