लन्डन । मगर समुदायले बेलायतमा पनि राष्ट्रिय पर्व माघे (मकर ) संक्रान्ति मनाएका छन् । उनीहरुले विभिन्न कार्यक्रम गरि यो पर्व मनाएका हुन । मगर संघ यूकेको यूएचएसबी शाखाले फार्नबरोमा माघे संक्रान्ति तथा पितृ पूजाको विशेष कार्यक्रम मनाएको हो ।
गत जनवरी १३ तारिख शनिबारको दिन आयोजना गरिएको सो कार्यक्रमको पहिलो चरणमा परम्परागत पितृपूजा विधिपूर्वक गरियो । गुल्मी जिल्ला समाज युके सस्थापक अध्यक्ष एबम मगर पुजारी ओमप्रसाद थापा काउछाको संयोजनमा पुजारीहरु गणेश थापा मगर, ओमबहादुर थापा मगर र होम श्रीष मगरले पूजा सञ्चालन गरेका थिए ।
बेलायतस्थित प्रथम नोमति बाजा गुलमी यूके समुहकको बाजाको धुनसंगै पूजाको सुभारम्भ गरिएको थियो । शाखाका उपाध्यक्ष हेमा राना तथा महिला कमिटी अध्यक्ष पद्मा थापासहितका महिलाहरुले तयार गरेको मगरहरुको मौलिक प्रसादस्वरुप तरुल, कन्दमुल, खिचडी, बारा, बटुक लगायतका प्रसाद र टिका उपस्थित सबैलाई वितरण गरिएको थियो ।
कार्यक्रममा विगत दश वर्षदेखि लगातार यसरी नै माघे संझान्ति मनाउंदै आएकोमा यसपटक दशौं स्थापना दिवस समेत विविध कार्यक्रमका साथ मनाइयो । दोस्रो चरणमा शाखाका सचिव बिर बलालको सञ्चालन तथा अध्यक्ष लेख रानाको अध्यक्षतामा औपचारिक कार्यक्रम गरिएको छ ।
एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, रश्मोर बरो काउन्सिलका काउन्सिल लिडर डेभिड क्याफोर्ड, केन्द्रीय मगर संघ यूकेका संरक्षक घन थापा मगर, एनआरएन यूकेका उपाध्यक्ष डा प्रेम आले, शाखाका संस्थापक अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड सुनिल राना मगर, मगर संघ यूको पूर्व अधयक्ष तथा शाखा सल्लाहकार मेजर रिटायर्ड कुल थापा मगर, निवर्तमान अध्यक्ष दूत पुन मगर, एनआरएन यूके महासचिव आर के त्रिपाठी, आइसिसिका सदस्य शान्ती कुंवर मगर साथै मगर संघ युकेका वर्तमान उपाध्यक्ष सिता पुन, मगर संघ युकेका संस्थापक महिला संयोजक तथा टष्ट्री मेम्बर गोमा राना, शाखाका निवर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगाका साथै अन्य शाखाका अध्यक्ष तथा प्रतिनिधीहरूको कार्यक्रममा उपस्थिति थियो ।
सो अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु वरिष्ठ लोकदोहरी गायिका बिमाकुमारी दुरा , गायक सन्तु थापा, गायिका मन्जु बिक, गायक मनसुधन थापाका साथमा स्थानीय कलाकार गायकहरू क्याप्टेन रिटायर्ड वीर थापा गाहा र तुल्चन्द्र तिलीजाले विभिन्न गीत प्रस्तुत गरेका थिए । [फोटो फिचर]







