लन्डन । नेपाल र हङकङबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण भलीबल प्रतियोगीता हुने भएको छ । हङकङ र नेपालबीच यही जनावरी २७, २८ र २९ तारिख गरि तीन दिन सम्म सो प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
पुन हिल क्लव हङकङको आयोजना र नेपाल भलीबल संघ हङकङ तथा पूर्वी एसियाको सदभावना दूत निरञ्जन गुरुङको समन्वयमा सो कार्यक्रम हुन लागेको बताइएको छ । पहिलोे दिन नेपाली भर्सेज अल स्टार टिम हङकङबीच खेल हुनेछ । दोस्रो र तेस्रो दिन नेपाली भर्सेज हङकङबीच हुने तय भएको छ ।






