नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछिअमेरिकाका संघीय निकायहरु बन्द

लन्डन । नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछिअमेरिकाका संघीय निकायहरु बन्द भएका छन् । अमेरिकाको सिनेटमा नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि संघीय निकायहरु बन्द हुन थालेका हुन ।

सिनेटमा आउँदो फेब्रुअरी सरकारी कार्यसञ्चालनका लागि १६ सम्म खर्च उपलब्ध गराउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको विधेयक असफल भएको हो । विधेयक असफल भएपछि संघीय निकायहरु बन्द हुन थालेको समाचारमा जनाइएको छ ।