ऐतिहासिक सफलतातर्फ नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोली ऐतिहाँसिक जितको ढोका पुगेको छ । आजको खेलमा जित हाँसिल गरे विश्वकप क्रिकेटको ढोका खुल्नेछ । नामिबियामा जारी आइसिसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यालाई पराजित गरे नेपाल डिभिजन एकमा पुग्ने छ। अन्तिम खेलमा आज केन्यासँग सामना गर्दैछ । हारे पनि नेपाल अगाडि बढ्ने सम्भावना छ, तर नेपालले झीनो रनले हारेको खण्डमा र अन्य देशको रनरेट पनि कम भएको अवस्थामा ।
नेपाल केन्यासँग पराजित भए तथा नेदरल्यान्ड्स र क्यानडाले आ-आफ्ना खेल जिते शीर्ष चार टोलीको समान अंक हुनेछ। यस्तो स्थितिमा डिभिजन एकमा उक्लने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ। आज नेदरल्यान्ड्स र युगान्डा तथा नामिबिया र क्यानडाबीच पनि खेल हुनेछ।
आजको खेलमा पराजय बेहोर्दा पनि नेपालको डिभिजन १ मा पुग्ने सम्भावना कमजोर भने छैन् । क्रिकेट अनिश्चितताको खेल हो, यसकारण पनि खेलमा के हुन्छ भन्न सकिने अवस्था खेलको अन्तिम स्थितिसम्म पनि थाहा हुँदैन । आजको अन्य खेलमा युगाण्डाले नेदरल्याण्डलाई र नामिबियाले क्यानडालाई पराजित गर्न सके नेपालको डिभिजन १ पक्का हुनेछ ।