लण्डन उत्रिए चर्चित गायक’राई इज किङ’राजेश पायल राई १२ नोभेम्बरमा यूक़े तताउने,

लण्डन ।किरात राई यायोक्खा (किराया) बेलायतले आउँदो नोभेम्बर १२ का दिन नेपाली सांगीतिक आकासका सुप्रसिद्ध गायक ‘राई इज किङ्’ राजेशपायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ

आउँदो नोभेम्बर १२ का दिन अल्डरसट एम्प्यायर हलमा हुने सो कार्यक्रमका राई ईज किङ नामले परिचित चर्चित गायक राजेश पायल राई बेलायत आईपुगेका छन् । बुधबार लण्डनस्थित हिथ्रो एयरपोर्टमा अवतरण गरेका राईलाई भव्य स्वागत गरिएको छ ।

किरात राई यायोक्खा (किराया) बेलायतले विमानस्थलमै उनको भव्य स्वागत एवम् सम्मान गरेको हो । गायक राईको स्वागतका लागि किरायाका अध्यक्ष चन्द्रबहादुर राई,उपाध्यक्षहरु क्याप्टेन सुमन चन्द्र राई, मेजर दिल कुमार राई, अनिता राई त्यसैगरी महासचिव चन्द्रवती राई एवम् उप-महासचिव प्रमिला लाबुङ राई र सचिव गंगाराज राई, सदस्य रन्जना राई,मिलन चन्द्र राई,प्रमुख सल्लाहकार पदम राई बिइएम लगायतका पदाधिकारीहरु तथा गायक राजेश पायल राईका पिता रत्न राई सहित बेलायतवासी किरात राईहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमको आवश्यक तयारी पुरा भएको र गायक राई पनि आई सकेकाले बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन कार्यक्रमका मिडिया सयोंजक प्रमिला लाबुङ राईले सबैसगं अनुरोध गरेकी छन् ।

कार्यक्रममा उपस्थितिका लागि बेलायतमा रहेका विभिन्न संघ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुलाई निमन्त्रणा सहित पत्राचार गरिसकिएको र अन्य सम्पूर्णलाई पनि यही सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थित हुनका लागि कार्यक्रम सयोंजक उपाध्यक्ष क्याप्टेन सुमन चन्द्र राईले आग्रह गरे ।

किरायाले राई इज किङ् एकल सांगीतिक साँझलाई भब्य, आकर्षक र अझ जीवन्त बनाउन बेलायतकै उत्कृष्ट वाद्य वादकहरुको प्रत्यक्ष ब्याण्ड समेत रहने जनाएको छ ।

अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । हल प्रवेशका लागि भने चार बजेबाट खुल्ला रहनेछ ।

बिमानस्थलमा सुप्रसिद्ध गायक राजेश पायल राई लाई भब्य स्वागत,के भने त गायक राजेश पायल राईले लाईभ भिडियो हेर्नुस्