काठमाडौँ । गैर आवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले कार्यकारी अध्यक्ष रविना थापाको अमपान गरेको भन्दै महासचिव गौरीराज जोशीको राजीनामा मागेका छन् । थापाको टिमबाट उपमहासचिव बनेका अधिकारीले आफूले महासचिवको पद त्यागेर सहमतिको लागी बाधक नबनेको तर अहिले महासचिव जोशीले अध्यक्ष थापामाथि महिला भएकै कारण अपमान गरेको भन्दै विरोध गरेका हुन् ।
अधिकारीले महासचिव जोशीले कार्यकारी अध्यक्ष थापालाई अपमान गर्दै अन्तिम समयमा विना जानकारी एक्लौटी ढंगले बैठक स्थगन गरेको र महासचिवको अधिकार क्षेत्र मिचेको बताएका छन् । अधिकारीले दुवै जना महासचिवको असक्षमताको कारण सिंगो कार्यसमितिलाई अनिर्णयको बन्दी बनीरहेको बताए ।
उनले महासचिवहरुलाई राजीनामा दिन चेतावनी दिर्दै नभए महासचिवको जिम्मेवारीबाट हटाएर आफू रविना थापाको ६ महिने कार्यकालमा महासचिवको जिम्मेवारी लिन तयार रहेको र अब धेरै समय कुरेर नबस्ने बताए ।
उनले भने, महासचिवको काम संस्थालाई ब्यवस्थित बनाउने र कार्यलय संचालन चुस्त दूरुस्त बनाउने हो । तर उनीहरुको असक्षमताको कारण त्यो काम हुन सकेको छैन । संस्थामा सबैलाई समेटेर लानी हो र एकजुट भएर सम्पूर्ण गैर आवशीय साथीहरुको मनोभावना लाई कदर गर्न सक्ने नै सफल नेतृत्व गरेको हुन्छ।






