सीमानाकाकाे समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसक्योः मन्त्री थापा

काठमाण्डौ २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने– ‘पारवहन असहजताले नेपाली जनताले दुःख पाईरहेका छन्। यो समस्याको समाधान सरकारको पहिलो प्राथमिकता हो। दशैमा जनताले राहत महसुस गर्ने गर्ने उद्देश्यकका साथ  काम थालिसकेको छ। केही दिनमै जनताले राहतको अनुभव गर्छन्।’

थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको जानकारी दिदै भने–पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र संबादको माध्यमबाट समाधान गर्नु पर्छ। यसकोलागि पहिलो मन्त्री परिषदको बैठकले आब्हान गरिसकेको छ। हामी घनिभुत ढंगबाट बार्ता संबादलाई अघि बढाउँछौ। दोस्रो पारवहन तथा आवागमनमा देखिएको असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक संबादाट कुरा गर्ने पहल भईरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्तीलाई बधाई दिदा भनेको कुराको आधारमा कुटनीतिक प्रयास हुन्छ। तेस्रो दैनिक उपभोग्य बस्तु आपूर्ति समस्या समाधानको लागि मौज्दातमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन समस्या समाधान गर्न पहल सुरु भईसकेको छ।

नेपालको असंलग्नता, पञ्चशिल र संयूक्त राष्ट्र संघको बडापत्रमा आधारित परराष्ट्र नीतिलाई प्रो एक्टिभ  र प्राग्मेटिक ढंगले अगाडि बढाउने भन्दै चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दृढता ब्यक्त गरे।

थापाले भने– दुई छिमेकीसँगको सम्बन्धलाई अझै सुदृढ गराएर नयाँ उचाईमा पुर्याउँछौ अब आर्थिक कुटनीतिक उच्च प्राथमिकताका साथ अगाडि बढाउँछौ।

कुटनीतिक आचार संहिता कार्यान्वयनमा उनले नेपालमा कुटनीतिक मर्यादाले सीमा नाघिसकेको भन्दै त्यसमा सुधार गर्न ध्यान दिने बताए। थापाले भने–कुटनीतिकलाई छाडा ढंगले स्वच्छन्द रुपमा अघि बढाए सम्बन्धमा असर पर्छ। त्यो नेपालकेा पनि हितमा छैन।

थापाले नेपाली कुटनीतिको अभ्यास र मुल्य मान्यतालाई अगाडि बढाउने बताउँदै परराष्ट्रका कर्मचारीहरुको क्षमता अभिबृद्धिकोलागि तालिम दिने योजना सुनाए।

प्रधानमन्त्री स्वयमले अघोषित नाकाबन्दी भन्दा परराष्ट्रमन्त्रीले अर्कै शब्द बोलेको विषयमा राखेको जिज्ञासामा उनले जनताले जे रुपमा बुझ्छन त्यही शब्दमा जस्ले जे भने पनि हुने तर्क गरे।

फरक राजनीतिक विचार बोकेको भए पनि गणतान्त्रिक संविधानको सपथ आफूले खाएकोले यसको कार्यान्वयन आफ्नो कर्तब्य भएको भन्दै पार्टीले भने संविधानको विचार तथा अभिब्यक्तिको स्वतन्त्रता अनुसार आफ्नो विचारलाई अगाडि बढाउने बताए।

फरक फरक विचार भए पनि अहिलेको सरकार राष्ट्रियताको सुदृढिकरण, प्रजातन्त्रको सवलीकरण र मुलुकको आर्थिक समृद्धिको चाहनाले गठन गरेको भन्दै फरक विचारले सरकारको प्रभावकारीतामा कुनै असर नपर्ने दावी गरे।