साउदर्न हाईल्याण्ड नेप्लिज कमिटिको अध्यक्षमा सन्तोष बडाल

सिड्नी ।
अस्ट्रेलियाको न्यूसाउथ वेल्स राज्यको साउदर्न हाईल्याण्डमा रहेका नेपालीहरुले गठन गरेको साउदर्न ‘हाईल्याण्ड नेप्लिज कमिटि’को अध्यक्षमा सन्तोष बडाल चयन भएका छन् । कमिटिको प्रथम साधारण सभाबाट बडालको अध्यक्षतामा नया कार्येसमितीको सर्बसम्मत रुपमा चयन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषदका संयोजक देब गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरिएको निवर्तमान अध्यक्ष अरुण गौतमले बताए ।

जसको उपाध्यक्षमा अर्जुन चौलागाई र कृष्ण प्रसाद सुबेदी, महासचिबमा रबिन जोशी, सचिवमा सुजा तामाङ चयन भएका छन भने सदस्यहरूमा उज्वल पोखरेल, प्रेक पराजुली, सुजन्या पिया, ऋतु सापकोटा, संगा रत्न, गोकर्ण पुरी, श्री पराजुली, प्रशान्त भण्डारी, अनिल शाक्य, अमित ढुंगेल, निर्मल लामिछाने, दिपेन्द्र सिंह, अर्जुन लम्साल, बिष्णु पौडेल, मदन कार्की र अनिल ज्ञवाली चयन भएका छन ।

संस्थाको अध्यक्षमा सर्बसम्मतीले चयन भएपछि बोल्दै उनले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकताको शूत्रमा बाँध्ने गरी काम गर्ने बताए ।

सन् २०१७–२०१९ को साउदर्न हाईल्याण्ड नेपाली कमिटिमा संस्थापक उपाध्यक्ष भइ काम गरिसकेका बडाल करिब १० वर्ष अघि विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । हाल ओपेरा होम लोन संचालन गर्दै आएका उनले अस्ट्रेलियामा घरजग्गा किन्नेहरुलाई सहज रुपमा बैंकहरुबाट ऋण लिन सहयोग गर्दै आएका छन् ।

समाजले सल्लाहकारहरूमा तुलानाथ भट्टराईलाई चयन गरेको छ भने परशुराम अधिकारी र पूर्वअध्यक्ष अरुण गौतमलाई संरक्षकको रूपमा चयन गरेको छ । भेलाले कार्येसमितिको पहिलो बैठकबाट कोषाध्यक्ष र बाँकी सल्लाहकारहरूको चयन गर्ने समेत निर्णय गरेको छ ।

अधिबेशनमा कोषाध्यक्ष अशोक बस्नेतले संस्थाको आर्थिक विवरण पेश गरेका थिए भने अध्यक्ष अरुण गौतमले आफ्नो कर्येकाल २०१७–१९ मा भएका कार्येक्रमको बारेमा छोटकरीमा जानकारी गराउदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै संस्था हस्तान्तरण गरेका थिए ।

संस्थाका सचिब डिल्ली सर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा २०१७–१९ को कार्यसमितिमा रही काम गरेका सबैलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।