काठमाडौँ । कोरोनाभाइरसको दोस्रो लहरको चपेटामा परेको नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई. १ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नेपालमा भारतीय डेल्टा, अल्फा र कप्पा भेरिन्ट पुष्टि भइसकेको छ । यी सबै नयाँ स्वरुपहरु पहिलेको भन्दा खतरानाक रहेको मन्त्रालयको भनाई छ ।







