गैँडाले हानेर एकको मृत्यु

rhinoचितवन- पश्चिम चितवनका एक वृद्धको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।

नारायणी नगरपालिका– ३ स्थित बुद्धनगरका स्थानीयवासी ६२ वर्षीय बुद्धिप्रसाद अर्यालको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

रतनी हरियाली सामुदायिक वनमा शनिबार भएको सरसफाइ कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँलाई गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।