कहिले आउला अमेरिकी राष्ट्रपतिको अन्तिम नतिजा ?

एजेन्सी ।
कोरोना महामारीकै विच अमेरिकामा सम्पन्न निर्वाचनको मतपरिणम आउने क्रम जारी छ । तर यसको अन्तिम परिणाम कहिले सम्म आउँछ भन्ने कुरा अन्यौलको विषय बनेको छ ।
यस बर्ष भौतिक दूरी कायम गर्न समस्या पर्न सक्ने कारण हुलाक मार्फत मतदानको व्यवस्था गरिएको थियो । जसको कारण मतपरिणमको अन्तिम नतिजा आउन केही हप्ता सम्म पनि लाग्न सक्ने अनुमान गरिएको छ । यस अघि परिस्थिती सहज भएको कारण चाँडै नै नतिजा आउने गथ्र्याे, तर यस बर्ष महामारीीको कारणले पनि फरक शैलीमा निर्वाचन भएको कारण नतिजाको बाररेमा अमेरिकी मिडियाहरु पनि बोल्न सक्ने स्थितीमा छैनन । संसारकै सबैभन्दा सर्वशक्तिमान पद भएकै कारण पनि विश्वको ध्यान अमेरिकाको निर्वाचनमा केन्द्रित छ ।
हुलाकबाट यस अघि गरिएको मतदानको अभ्यासमा मतपरिणाम आउन करिब साढे ६ दिन लागेकोे थियो । यस पटक पनि त्यस्तै हुन सक्ने बताइएको छ ।
पेन्सिलभेनिया, विस्कन्सिन र मिसिगनलगायत राज्यमा अन्तिम परिणाम आउन केही दिन लाग्न सक्छ।
हलसम्म दुई उम्मेद्वारविच कडा टक्कर भइरहेको छ । बाइडेनले २२४ इलेक्टोरल मत पाउँदा ट्रम्पले २१३ मत पाएका छन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेजमा जित्नुपर्छ। विभिन्न राज्यलाई जनसंख्याका आधारमा फरकफरक इलेक्टोरल कलेज छुट्याइएको हुन्छ।
ट्रम्पले जिते भने दोस्रो कार्यकालको लागि राष्ट्रपतिको जिम्मेवारी लिनेछन् । बाइडेन भने ४६ औँ राष्ट्रपति बन्ने छन् ।
डोनाल्डले आफुले हारेको खण्डमा सर्वाेच्च जाने यस अघि नै बताएका छन् । उनले चुनावमा धाँधली हुन लागेकोे सम्म बताएका छन्् । ट्रम्प र बाइडेन दुवैले भने आफ्नो जित हुने भनिरहेका छन् ।