तक्दीर अधिकारी
सिड्नी । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही ढंगले प्रस्तुत भएको आरोप नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले लगाएको छ । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियालगायत सम्पूर्ण राज्य समिति यस्ता कदमको निन्दा एवम् भत्सना गर्दै यस्ता विभेदकारी कदम तुरुन्त सच्चाउन माग गर्दछ, विज्ञप्तिमा भनिएको छ, ‘निर्णय प्रकृयामा भेदभाव एवम् राजनीतिक पूर्वाग्रहप्रति नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सत्ता र शक्तिको प्रभावमा परेर संवैधानिक निकायबाट यस्ता पूर्वाग्रही एवं विभेदकारी कदम चालिनु कानुनी राज्य र लोकतन्त्रको उपहासको विषय हो भन्दै विज्ञप्तिमा भनिएको छ, सत्ता र शक्तिको आडमा आफ्नो नाममा लिएको जग्गा फिर्ता गर्ने नाममा अख्तियार दुरुपयोग गर्ने सत्ताधारी नेता तथा तिनका मतियारहरुलाई छुट दिनु मन्त्रिपरिषदको नीतिगत निर्णयको प्रमुख जिम्मेवार तत्कालीन प्रधानमन्त्री छानबिनको दायरामा नपरिनु, मन्त्री एवम् कर्मचारीलाई मात्र मुद्दाको दायरा ल्याइनु, वर्तमान कम्युनिष्ट सरकारको सर्वसत्तावादी सोचको परिणम हो ।
‘यस प्रकरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भागिदारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा नेपाली जनसम्पर्क समिति एनएसडब्लुका सभापति इथान शाक्य, भिक्ट्रोरियाका सभापति विनितराज शर्मा, क्युएलडीका सभापति अभिमन्यु केसी, डब्लुएका सभापति दिपक पराजुली, डर्बिनका सभापति सविन बराल, एसएका सभापति अर्जुन लम्साल, एसीटीका सभापति अशोक सुवेदी र तासमनियाका सभापति द्वारिका दवाडी रहेका छन् ।






