शिब भण्डारी।
लन्डन । नेपाली चलचित्र शुभलभको अन्तिम सो अल्डरसटको एम्पायर हलमा पर्दशनी हुने भएको छ। जनवरी ५ देखि बेलायतका विभिन्न शहर हरुमा भब्य प्रदर्शन हुदै आएको नेपाली चलचित्र शुभलभको अन्तिम सो अल्डरसटको एम्पायर हलमा पर्दशन हुने भएको हो। अल्डरसटस्थित एम्पायर हलमा फेब्रुअरी १६ तारिक आइतबार दिउसो ३ बजे पछि फिल्म प्रदर्शन हुन् लागेको हो।

चलचित्र शुभलभको अन्तिम सो को उद्घाटन गर्नका लागि लण्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहने चलचित्र निर्देशक सन्तोष लोहनीले बताए।
बेलायतपछि ‘शुभलभ’ युरोपका विभिन्न देशमा पनि प्रदर्शनको तयारीमा रहेको र नेपालमा रहेका सिमित हल र नेपालीहरू माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपमा आफ्नो बिकाश नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन पहल गरिएको लोहनीले बताए ।

चलचित्र कलाकार संघ युकेको आयोजनामा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “शुभ- लभको पर्दशनीको लागि भब्य तयारी भै रहेको नेपाल चलचित्र कलाकार संघ युकेकी अध्यक्ष रोमियन लिम्बूले बताईंन।
बेलायतमा २ दसक देखि आफ्नो कला सांस्कृति र साहित्यतर्फ चासो राख्ने गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेतले “शुभ- लभ” सन्देश मुलक चलचित्र बनेको प्रतिक्रिया दिए ।प्रेमकथामा आधारित यस चलचित्रलाई बेलायतमा दर्शकले धेरै रुचाएका छन् ।
चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । अग्रज कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापा पनि मुख्य भूमिकामा छन् ।बेलायत शहरमा प्रदर्शन हुने अन्तिम सो भएकोले निर्देशक लोहनीले चलचित्र हेर्न सबैलाई आग्रह गरेका छन ।






