मोरोक्कोको बाढीमा सत्रको मृत्यु

दक्षिणी मोरोक्कोमा शनिबार र आइतबार आएको बाढीमा परी १८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चामाध्यमले सोमबार सो समाचार दिएका छन् । भारी वर्षापछि आएको सो बाढीको कारण मोरक्कोको गेलमिम सहरमा मात्र कम्तीमा १३ को मृत्यु हनुको साथै अन्य २१ व्यक्ति बेपत्ता भएका मोरोक्कोको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्धारकार्यको काम जारी रहेको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । सो क्रममा दुई फ्रान्सेली नागरिकसहित २०० भन्दा बढी व्यक्तिलाई वायुसेनाको हेलिकोप्टरबाट सुरक्षित स्थानमा सारिएका बताइएको छ । दक्षिणी मोरोक्कोको बोउजाकार्ने सहरनजिकै आइतबार नदिमाको भेलले ग्रामीण क्षेत्र बगाएको थियो । त्यसमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ जना बेपत्ता भएका एक आधिकारीक समाचार समितिले जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार मोरोक्कोको गुलमिम, आगादिर, टिज्निटे, आवार्जाजाटे र मार्राकेसमा गत शुक्रबारबाट सुरु भएको भारी वर्षापछि बाढी आएको छ । सो बाढी र पहिरोमा परी देशका विभिन्न भागबाट गरी कम्तीमा पनि ५० व्यक्ति अझै बेपत्ता रहेका गृह मन्त्रालयले सोमबार जानकारी दिएको छ ।