सरकार अप्ठेरोमा छैन : अष्ट्रेलियाली प्रम

अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले हाल आफ्नो सरकार अप्ठेरोमा छ भनी गरिएका अभिव्यक्तिमा सत्यता नरहेको बताउनुभएको छ । प्रधानमन्त्री अबोटले सोमबार गर्नुभएको मन्त्रिमण्डलमा व्यापक फेरबदलपछि उहाँको सरकार अप्ठेरोमा परेको बताइएको थियो ।
सो प्रतिक्रियालाई ठाडै अस्वीकार गर्दै उहाँले भन्नुभयो– यी सबै गलत अवधारणा हुन् सरकारलाई कुनैपनि अप्ठेरो परेको अवस्था छैन । उहाँ हालै मात्र पनि महिलाप्रति गरेको एक टिप्पणीका कारण विवादमा तानिनुभएको छ । साथै हालैका दिनमा शान्त अष्ट्रेलियामा केही अशान्तिका समाचार पनि आइरहेका छन् ।
यसैको अनुमानको आधारमा उहाँको सरकारप्रति सो टिप्पणी गरिएको बताइएको छ । तर सरकारमा कुनै अप्ठेरो अवस्था नआएको भनाई उहाँले राख्नुभएको छ । हालैमात्र सरकारको बारेमा गरिएको एक सर्वेक्षणमा सरकारको लोकप्रियता केही मात्रामा घट्दै गएको देखिएको थियो ।