चिकोपी (अमेरिका)– आगामी डिसेम्बर ८ मा चिकोपीमा ‘नेपाली साँझ’ आयोजना हुने भएको छ ।

एसए इन्टरटेन्मेन्टको आयोजना तथा ग्लोबल सुपरमार्केट वेस्ट स्प्रिङफिल्डको सहयोगमा ‘नेपाली साँझ’ आयोजना हुने भएको आयोजक सौरव दाहालले जानकारी दिएका छन् । सांगीतिक कार्यक्रममा गायक जगदीश समाल, पुस्तिका खड्का, अर्जुन दाहालसहित स्थानीय नेपाली कलाकारको प्रस्तुति रहनेछ ।

आयोजकले कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेको छ ।

फेसबुक कमेन्ट