लन्डन– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ ।
भट्टका बुवा यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा २०१८ नोभेम्बर २५ का दिन जापानमा उपचारका क्रममा निधन भएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।
एनआरएन आईसीसीले मृतक भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ । साथै, अध्यक्ष भवन भट्ट एवं समस्त शोकाकुल परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गरेको छ ।






