एन आर एन यूकेको आव्हानमा भारतीय राजूतावास अगाडी प्रदर्शन

लण्डन  भारतले नेपालमा लगाएको नाकाबन्दीको बिरोध गर्दै लण्डनस्थित भारतीय राजूतावास अगाडी प्रदर्शन गरिएको छ  एन आर एन यूकेको आव्हानमा गरिएको प्रदर्शनमा बेलायतका विभिन्न क्षेत्रबाट दर्जनौ नेपालीहरु सहभागी भए 


लण्डनको भारतीय हाइ कमिसन अगाडी बिहान साढे १० बजे प्रदर्शन गरिएको थियो प्रदर्शनमा  सहभागीहरुले नेपालको रास्ट्रिय झण्डाका साथै नेपालमा भारतीय नाकाबन्दी र हस्तक्षेपविरुद्धका प्लेकार्ड बोकेका थिए indembassy


कुटनीतिक मर्यादा बिपरित  भारतले लगाएको  नाकाबन्दीको बिरोधमा एन आर एन यूकेले एक बिओध पत्र समेत भारतीय दूतावासमा बुझाएको छ 


एन आर एन यूकेका अध्यक्ष मुछ्त्र गुरुंगले दूतावासभित्र गएर त्यहाका अधिकारीलाई  बुझाएका थिए सो पत्र छिट्टै नै फ्याक्समार्फत सम्बन्धित निकायमा पठाइने आश्वासन भारतीय दूतावासका अधिकारेलीले दिएको अध्यक्ष  गुरुङ ले बताए