बैकल्पिक प्रकृयाबाट इन्धन आपूर्ति गर्दै निगम : भोली सूचना निकाल्ने

काठमाडौं २० असाेज ।  भारतले पारबाहन सन्धि विपरीत नाकान्दी गरेर नेपाललाई इन्धन आपूर्तिमा समस्या उत्पन्न गरेपछि सरकारले बैकल्पिक उपायबाट ईन्धन ल्याउने भएको छ । भोली सूचना निकालेर तेल आपूर्तिको प्रकृया अगाडी बढाउने आयल निगमले बताएको छ । ‘सँधैभरी यस्तो समस्या भईराखेपछि बैकल्पिक उपायबाट आपूर्तिका लागि भोली सूचना निकाल्दै छौँ ।’ निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले भने ।
बैकल्पिक प्रकृयाका लागि मन्त्रीपरीषदले समेत निर्णय गरीसकेको जनाउँदै उनले ईच्छुक ईन्धन आपूर्तिकर्तालाई आह्वान गरीने र प्रकृया पूरा गरी आपूर्तिको जिम्मा दिईने उनले बताए । ‘आपूर्तिकर्ता राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रबाट जो सुकैपनि हुन सक्छ ।’ खड्काले भने ।
भारतको नाकाबन्दीको समस्या समाधान राजनीतिक प्रकृयाबाट मात्र हल हुने र त्यसका लागि लामो समयसम्म लाग्ने देखिएपछि निगमले बैकल्पिक प्रकृया शुरु गर्न लागेको हो । कुन प्रकृयाबाट आपूर्तिका लागि आह्वान गर्ने भन्ने विषयमा भने गृहकार्य चलिरहेको निगमले जनाएको छ ।
निगमले देशमा तत्काल देखिएको ईन्धन संकट समाधान गर्न र दँशैमा सहज आवागमनका लागि यो प्रकृया अपनाउन लागेको हो । बैकल्पिक आपूर्ति व्यवस्था प्रभावकारी भएमा दिर्घकालिन रुपमै उक्त प्रकृया अपनाउन सकिने निगमले जनाएको छ । ‘अहिलेको अवस्थामा सुधार नआउँदा सम्मको लागि बैकल्पिक उपाय खोजीने हो,’ निगमका प्रवन्ध निर्देशक खड्काले भने ‘प्रभावकारीता हेरेर पछिको कुरा हुन्छ ।’