बन्दले अब छेकेन, जनकपुरमै सार्वजनिक बस सञ्चालन

tourist-bus-lumbini-kathmandu-non-airditioned[1]जनकपुरधाम- पाँच महिनादेखि बन्द रहेको सार्वजनिक बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।

जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अनुसार तराई मधेसमा भएको आन्दोलनलाई दृष्ट्रिगत गर्दै सङ्घअन्तर्गत दिवा र रात्रिमा सञ्चालित बस सेवा आजदेखि पूर्ववत् रुपमा सञ्चालन गरिएको छ ।

सङ्घका अध्यक्ष मनोज चौधरीले आन्दोलनको विरोधका रुपमा नभई आम जनताको सुविधाका लागि सङ्घले बस सञ्चालन गरेको स्पष्ट गर्नुभयो ।

बस सञ्चालनपछि यात्रुलाई आवागमनमा भोग्नुपरेको सास्ती आजदेखि कम भएको छ ।