विप्लव माओवादीका ४ केन्द्रीय सदस्य नयाँ शक्तिमा

party parityagकाठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चार केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका छन् । केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरले नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

बुधबार रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरे । उनीहरुसँगै विद्यार्थी केन्द्रीय सदस्य मिनराज केसी, पर्वत जिल्ला सदस्य हरि पौडेल, पर्वत जिल्ला कमिटी सल्लाहकार एकनारायण गिरी र गणतान्त्रिक मञ्च काठमाडौंका सागर चापागाईंलगायतले पनि विप्लव माओवादी परित्याग गरेको घोषणा गरेका छन् ।

चापागाईंले नेपालको आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचका साथ नयाँ शक्ति आएकोले आफूहरु त्यसमा प्रवेश गर्ने निर्णयमा पुगेको बताए । उनले विप्लव माओवादीका नेताहरुले १० वर्ष बलिदानको त्यागको मूल्य मान्यतालाई आत्मसाथ गर्न नसकेकाले पार्टी छाड्न बाध्य भएको स्पष्ट पारे ।