काठमाडौँ- आज बिहान ७ बजे पत्रकार ऋषि धमलाको काठमाडौँ,रानीबारीस्थित विजयमार्गमा रहेको घरमा इन्भर्टर पड्किएर आगलागी हुँदा पाँच लाख बराबर रुपैयाँको क्षति भएको छ ।
घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि इन्भर्टर भड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन् ।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।






