गुल्मी जिल्ला समाज यूके अध्यक्षमा मञ्जु भण्डारी महासचिवमा महलाल घिमिरे सहित सबै निर्विरोध अरु को को आए ?

लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मन्जु भण्डारी निर्विरोध निर्विरोध निर्वाचित  बनेकी छन्।

समाजको स्थापना देखि नै सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता,सचिव हुंदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी मन्जु गुल्मी जिल्ला समाज युके नवौं कार्यसमितिको अध्यक्ष बनेकी हुन् ।

यसै गरी निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे, महासचिव महलाल घिमिरे, सचिव राधा खरेल, कोषाध्यक्ष अर्जुन बस्नेत र सह-कोषाध्यक्षमा माया केसी निर्विरोध भएका छन् ।

कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने र प्रवक्ता सुरेश केसी चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पूण्यहरि अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका छन्।
यस आघि निर्वाचन प्रक्रियाको लागि समाजले सहमति निर्माणका लागि संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाको संयोजकत्वमा ७ सदस्यीय समन्वय समिति गठन गरेको थियो ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि सल्लाहकार मीन दर्लामी संयोजक, मतिप्रसाद पुन सदस्यसचिव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचित कार्यसमितिको औपचारिक घोषणा मे ३ तारिख अल्डरसटमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *