लण्डनमा नेपाली सेफ हत्यामा संलग्न आरोपि जमानतमा छुटे

लण्डन । लन्डनमा काम बाट फर्कदै गरेका एक नेपाली युवाको हत्यामा संलग्न रहेका एक आरोपि जमानतमा रिहा भएका छन् ।

गत आइतबार राती इष्टकोट ट्रेन स्टेशनबाहिर सामान्य विवादमा नेपाली सेफ विक्रम केसीको हत्या भएको थियो ।

कुटपिटमा संलग्न ठानिएका ती २१ वर्षीय युवा पक्राउ परेको भोलिपल्टै सोमबार जमानतमा छुटेको लण्डन मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानको निम्ती फेब्रअरीको शुरुमा बोलाइएको छ । प्रहरीले मृतक युवाको शव परिक्षणमा पनि हत्याको कारण स्पष्ट रुपमा नदेखिएको बताएको छ ।