बेलायतमा युवा र विद्यार्थीहरु लक्षित तनाव व्यवस्थापन तालिम गरिदै

लण्डन । बेलायतमा युवा र विद्यार्थीहरुको लागि तनाव व्यवस्थापन तालिम सञ्चालन गरिने भएको छ । जीवन विज्ञान यूकेको आयोजनामा विद्यार्थी तथा युवाहरुको लागि तनाव व्यवस्थापन तालिम भर्चुअल विधिबाट सञ्चालन गर्न लागिएको हो ।
यही जनवरी २४ गते आइतवारको दिन आयोजित कार्यक्रममा अहिलेको चुनौतिपूर्ण र व्यस्त समयमा युवा पुस्ताको जीवन खुशी, सुखी, स्वस्थ र तनावरहित कसरी बनाउन सकिन्छ भन्ने विषयमा तालिम दिइने भएको छ ।
कार्यक्रममा जीवन विज्ञान नेपालका श्रदेय गुरु एलपी भानु शर्माले आफ्ना वैज्ञानिक र आध्यात्मिक ज्ञान मार्फत तनावका स्रोत र व्यवस्थापनका उपायहरु सुझाउने कार्यक्रम रहेको छ । जीवन विज्ञान यूकेले आयोजना गरेको उक्त कार्यक्रममा सबैलाई सहयोग गर्न आग्रह गर्दै अहिलेको चुनौतिपूर्ण अवस्थामा यो तालिम महत्वपूर्ण हुने बताईएको छ ।
कार्यक्रम जनवरी २४ गते ब्रिटिश समयानुसार दिउँसो १ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रम बेलायतको लोकप्रिय अनलाइन पत्रिका लण्डन नेपाल न्यूजको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रशारण गरिने प्रधान सम्पादक शिव भण्डारीले बताए ।
कार्यक्रमको सञ्चालन जीवन बिज्ञान यूकेले गर्नेछ । कार्यक्रमको बिस्तृत जानकारीको लागि यूकेका योग विज्ञान प्रशिक्षिका सरिता शर्मालाई सम्पर्क गर्न समेत अनुरोध गरिएकोे छ ।