इग्ल्याण्डसँग अष्ट्रेलिया ९३ रनले पराजित

लन्डन, २३ भदौ । तेस्रो एक दिवसीय क्रिकेट खेलमा अष्ट्रेलियालाई हराउँदै घरेलु टोली इङ्ल्यान्ड ५ खेलको शृङ्खलामा फर्किएको छ । ओल्ड ट्राफोर्डमा मंगलबार भएको खेलमा इङ्ल्यान्ड ९३ रनले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय रन बनायो ।
इङ्ल्यान्डका लागि जेम्स टेलरले करियरकै पहिलो शतक बनाए भने जेसन रोयले ६३ तथा ईओन मोर्गानले ६२ रनको योगदान दिए । जवाफमा ३ सय १ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलिया ४४ ओभरमा २ सय ७ रनमै समेटियो ।
अष्ट्रेलियाका आरोन फिन्चले ५३ रन तथा म्याथ्यु वाडले ४२ रन जोडे । बलिङतर्फ इङ्ल्यान्डका लियाम प्लङ्कीट र मोईन अलीले ३-३ विकेट लिए । यो जितसँगै इङ्ल्यान्डले ५ खेलको एक दिवसीय क्रिकेट शृङ्खलामा २–१ को पुनरागमन गरेको छ । सुरुवाती दुई खेल गुमाएको इङ्ल्यान्डका लागि शृङ्खलामा जिवित रहन यो खेल जित्नैपर्ने बाध्यता थियो ।