२५ हजार नेपाली अकालमै ज्यान गुमाउँछन्

काठमाडौं- सुर्तीजन्य सेवनका कारण बार्षिक २५ हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियनत्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसक्दा सुर्तीजनय पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको छ । यो तथ्यांक एक्शन नेपालले सार्वजनिक गरेको हो ।