ड्रोन हमलामा परी बेलायती दुई जिहादीको सिरियामा मृत्यु

iskilled

लण्डन ।

इस्लामिक चरमपन्थी संगठन स्लामिब स्टेट आइएसबिरुद्ध बेलायतले सिरियामा गरेको ड्रोन हमलामा दुई बेलायती जिहादीको मृत्यु भएको छ ।

प्रधानमन्त्री डेभिड क्यामरुनले रोयल एयसफोर्सको ड्रोृन हमलामा आइएसका लागि काम गरिरहेका दुई बेलायती जिहादीको मृत्यु भएको पुष्टि गरेका हुन ।

क्यामरुनले संसदमा दिएको जानकारी अनुसार बेलायती बायु सेनाको कारबाहीमा २१ बर्षका बेलायती रियाद खान र जुनैद हुसेनको मृत्यु भएको थियो । रिमोर्टबाट चल्ने एयरक्राफ्टबाट गरिएको आक्रमणमा रियादको मृत्यु भएको र अमेरिकी सेनाको सहकार्यमा भएको अर्को आक्रमणमा जुनैद हुसेनको मृत्यु भएको प्रधानमन्त्री क्यामरुनले संसदमा जानकारी गराए ।

खान र हुसेन दुवै आइएसका अन्य बेलायतीलाई भर्ति गराउन सक्रिय भएको तथा यसै बर्ष बेलायतमा हुन लागेको बृहत सार्वजनिक महोत्सवमा आक्रमण गर्ने योजना बनाइरहेको क्यानरुनले संसदमा जानकारी गराएका थिए ।

सिरियाका आइएस बिरुद्धको सैन्य कारबाहीमा संसदको पुरा समर्थन नरहेपनि आत्मरक्षाका लागि आक्रमण गर्नुपरेको क्यामरुनले स्पष्ट पारेका छन ।