सात प्रहरीलाई कारबाही

बुटवल, १४ भदौ । प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने सात प्रहरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुशासनको कारबाही सुरु गरेको छ । अरुलाई अनुशासन र आचरणको पाठ सिकाउने प्रहरी आफैँ आचरण विपरीत काम गर्न नहुने भन्दै प्रहरी युनिटभित्रै शुद्धीकरणको अभियान सुरु गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी गराउनुभयो । आफ्नो युनिट इलाका प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरीलाई अनुशासन र आचरणमा रहेर काम गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । प्रहरी आचरण र अनुशासनमा रहेर काम नगर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।