डाँगीको शव अमेरिकामा अलपत्र

xfn} lgwg x'g' ePsf lulgha's ckm lb jN8{ /]s8;{df gfd n]vfpg ;kmn g]kfnsf rGb|axfb'/ 8fFuL . pxfF cd]l/sg ;df]cf l:yt Nof08g aL hf]xG;g 6«lksn d]l8sn ;]G6/df pkrf/sf qmddf lgwg x'g' ePsf] xf] . /f;;

काठमाडौं, २३ भदौ । विश्वकै होचा व्यक्तिको परिचय पाएका दाङ पुरन्धारा ९ का चन्द्रबहादुर डाँगीलाई उपयोग गरेर कमाउने योजना बनायो, अमेरिकास्थित एक सर्कस कम्पनीले । सोही कम्पनीको निम्तोमा भतिज दोलखलाई लिएर चैत ३ गते काठमाडौबाट हिडे । कोरिया, फिजी हुँदै अमेरिका छिरेका उनी सर्कसमा काम गर्दागर्दै बिरामी परे । ६ दिनअघि उनको अमेरिकाकै अस्पतालमा मृत्यु भयो । मरेपछि उपियाँले पनि जिय छाड्छ भनेझैँ डाँगीको मृत्युपछि कम्पनीले वास्तै गरेन । उनको शव ६ दिनदेखि अमेरिकामा अलपत्र छ ।