काठमाडौं १५ ,असोज । राष्ट्रपति डा. रामवरण यादवले सात दिनभित्र सहमतीय सरकार गठन गर्न आहृवान गरेका छन् ।
राष्ट्रपति डा. यादवले संविधानको धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न दलहरुलाई आहृवान गरेका हुन् ।
नयाँ संविधानमा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्ने र नभए बहुमतीय प्रक्रिया सुरु गर्ने व्यवस्था छ ।
त्यसअघि प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिलाई भेटेर नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।






