आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत

child rape

पछिल्लो समय बालबालीका छर छिमेकबाट मात्रै नभई घर परिवारका सदस्यहरुबाट नै असुरक्षीत बन्दै जान थालेका छन् । परदेश गएका श्रीमानले विश्वासमा घरमा छोडेकी श्रीमती ससुराबाट बलात्कृत हुनु, खबरहरु बढीरहेका बेला हेटौँडा फेरी एक बालीका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् ।

हेटौँडा–११ थानाभर्याङकी यि बालीकालाई ५६ वर्षीय हजुरबुवा तेजबहादुर परियारले बलात्कार गरेको प्रहरीले जनाएको छ । खाना खाइ सकेर सँधै हजुरबुबाकहाँ गएर सुत्ने बालिका हजुरबुबाले यौनप्यासको सिकार भइरहेको तर धेरै पछि रहस्य खुलेको हो । विभिन्न डरधम्कीपूर्ण व्यवहार देखाउँदै यौनशोषण हुने गरेपछि बालिकामा फरक व्यवहार देखिएपछि घटनाको रहस्य पर्दाफास भएको हो । परियारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरीएको छ ।