भुकम्प पिडितलाई थाई रेष्टुरेन्टबाट आठ लाख (भिडियो सहित)

nakhon4

लण्डन । नेपालमा भुकम्पले निम्त्याएको महाविपत्तिले सारा विश्वको नै ध्यान आकृष्ट गरयो । तत्कालिन उद्धारदेखि राहत तथा प्रारम्भिक पुनस्र्थापना समेतका लागि विभिन्न मुलुकहरुबाट सहयोग आइरहेका छन । ती देशहरुबाट सरकारी स्तरमा तथा संस्थागत रुपले भएका सहयोग त छदैंछन, तर व्यक्तिगत तथा समुहगत रुपमा विपतमा परेका नेपालीहरुलाई सकेको सहयोग गर्ने विदेशी मनहरु पनि प्रशस्तै देखिएका छन ।

nakhon1

पूर्वी लण्डनको रोयल डक्सस्थित नाकोन थाई रेष्टुरेन्टले पनि नेपालका भूकम्प पिडितको सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरी झण्डै आठ लाख रुपिया (पांच हजार पाउण्ड) संकलन गरेको छ । झण्डै सय जना सहभागी डिनरमा संकलित सम्पूर्ण रकम नेपाल पठाइने सो रेष्टुरेन्टको व्यवस्थापनले जनाएको छ । पुर्ण रुपमा थाई व्यवस्थापनमा सञ्चालित रेष्टुरेन्टमा केहि नेपाली समेत कार्यरत छन ।

nakhon2

दश वर्षअघि स्थापित नाकोन थाई सन २०१५ को ओपन टेबल डाइनर च्वाईस अवार्ड विजेता पनि हो । पूर्वी लण्डनमा निकै लोकप्रिय रेष्टुरेन्टले च्यारिटी इभेन्टका लागि खर्चिएको लागत समेत नकटाएर पुरै रकम नेपालका भुकम्प पिडितलाई पठाउन लागेको छ । कार्यक्रममा चेल्सी तथा इभरटन क्लबका साइन्ड सर्टहरु, चर्चित बेलायती कलाकारका चित्रकला लगायतका सामग्री लिलाम बढाबढ गरेर समेत सहयोग संकलन गरिएको थियो । त्यस्तै फाइभ स्टार होटलमा विकेण्ड स्टे लगायतका आकर्षक पुरस्कार समावेश गरिएको राफल ड्रबाट समेत रकम संकलन भएको थियो ।

nakhon3

कार्यक्रममा ऐक्यबद्धता जनाउन एनआरएन यूकेका अध्यक्ष महेन्द्र कंडेल, सदस्य दिपक श्रेष्ठ, पत्रकारहरु नविन पोख्रेल, फणिन्द्र भट्टराई, शिव भण्डारी, राजकुमार थापा, प्रताप गुरुंग, जेनी भट्टराई, युवा व्यवसायी हरि आचार्य, गणेश खडका लगायत पनि नाकोन थाई पुगेका थिए । कार्यक्रममा प्लमस्टिडकी नेपाली किशोरी एलिजा श्रेष्ठले प्रस्तुत गरेका नेपाली लोक नृत्यको सहभागी सबैले वाहवाही गरे । कार्यक्रममा परम्परागत थाई नृत्यका साथ नाकोन थाई रेष्टुरेन्टकै संगीतकर्मीहरुले लाइभ संगीत प्रस्तुत गरेका थिए । संकलित रकम छिट्टै युरोपको नेपालीपत्रसंगको सहकार्यमा भुकम्पबाट अति प्रभावित गाउंहरुमा पुगेर राहत वितरणमा लगाइने रेष्टुरेन्टसंग आबद्ध पत्रकार ध्रुबराज अर्यालले जानकारी दिए ।

nakhon5

nakhon6

nakhon7

nakhon8

nakhon9

nakhon10

nakhon11