काठमाडौं, ११ जेष्ठ । विनाशकारी भूकम्पका कारण स्थगित भएको रेडबुल राष्ट्रिय लिगलगायतका घरेलु फुटबल प्रतियोगिताहरु तत्काल सन्चालन नहुने भएका छन् ।
भूकम्पका कारण रंगशालालगायतका भौतिक संरचनामा क्षति पुगेको र अझै ढुक्कको वातावरण नबनेको भन्दै तत्काल प्रतियोगिता सुरु नगर्ने निष्कर्षमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले हामीसँग बताए ।
भूकम्पले मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा पनि ब्यापक क्षति पुगेको छ । वातावरण सहज बनेपछि सरोकारवाला व्यक्ति र निकायहरुसँग छलफल गरी वैकल्पिक मैदानको व्यवस्था गरेरै भएपनि प्रतियोगिताहरु सुरु गर्ने पनि श्रेष्ठले बताए । पहिलोपटक ‘होम एन्ड अबे’को आधारमा सन्चालन भइरहेको रेडबुल राष्ट्रिय लिगलगायतका घरेलु फुटबल प्रतियोगिताहरु भूकम्पपछि अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
भूकम्पले फुटबलका गतिविधि ठप्प






