गोर्खा कप सम्पन्न (भिडियो सहित )

gorkhacup

लन्डन । प्रतिक्षारत १३ औं गोर्खा कप क्वीन्स् एभिन्यू मैदानमा सम्पन्न भएको छ । नेपाली समुदायको सबैभन्दा वृहत मानिने उक्त प्रतिष्पर्धामा यस वर्ष नन भेट्रान ३२ र भेट्रान ८ गरि ४० टिमले प्रतिष्पर्धा गरेका थिए भने उक्त प्रतियोगितामा यसवर्ष नन भेट्रानतर्फ क्वीजिएस् ब्लुले ५ गोल 
गर्दै गोर्खा कप जितेको छ । रेडिङ यूनिटीले चार गोल सहित फष्ट रनरअपमा चित्त बुझाउनु पर्यो । विजेता टिमले गोर्खा कपसहित १५ सय पाउण्ड नगद, फष्ट रनर अपले एकहजार पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाए ।

 

आयोजक तमुधिं यूकेले नेपालको अकल्पनीय विपत्तिका बीच यसपटक इभेन्ट च्यारिटीमा नेपालको महाभूकम्प पीडितका लागि सहयोग माग्दै समापन भएको बताए| जताततै च्यारिटी स्टल थिए, मैदानमा स्वयंसेवकहरु आर्थिक सहयोगका लागि अनुनय गरिरहेका देखिन्थे ।

संयोजक क्या. पिताम्बर गुरुङका अनुसार, गोर्खा कपमा यसपटक प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट डिस्प्लो, ब्रिटिश आर्मीको तेक्वान्दो प्रदर्शनी, गुल्मी जिल्ला समाजको प्रथम नौमती बाजाको धुन र किशोर किशोरीको सामूहिक नृत्य आकर्षण रहेको थियो । खानाका ८ स्टल र कमर्शियल स्टल पनि थिए |

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी, स्थानीय काउन्सिल पदाधिकारी र दशौं हजार दर्शक सहभागी थिए | । गोर्खा कपलाई स्थानीय रसमोर बरो काउन्सिलले आफ्नो वार्षिक क्यालेन्डरमा सबैभन्दा ठूलो इभेन्टका रुपमा राखेको छ । प्रतियोगिता हेर्नकै लागि बेलायतका विभिन्न शहरबाट नेपाली ओइरिएका थिए |अधिकांश युवाका हकमा त्यो डेटिङ स्पट बन्नेछ भने वृद्धवृद्धालाई आफ्ना पुराना अतित स्मरण गर्दै समय बिताउने थलो । बेलायतस्थित नेपाली खेलाडीको प्रतिभा उजागर, अवसर र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण ठानिएको उक्त प्रतियोगितामा प्रथम हुने नन भेट्रान टिमले गोर्खा कपसहित १५ सय पाउण्ड नगद, फष्ट रनर अपले एकहजार पाउण्ड तथा भेट्रान टिमबाट पहिलो हुनेले ७५० पाउण्ड र फष्ट रनर अप (दोश्रो) हुने टिमले ५०० पाउण्ड नगद र कप पाएका थिए |

 

गोर्खा ब्रिगेड डान्स ग्रुपको खुकुरी डान्स र अल्डरसट आर्मी ग्यारिसनका चिफ अफ आर्मी स्टाफ प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट डिस्प्लो गोर्खा कपका मुख्य आकर्षण रहे । प्यारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा झारिएको थियो ।खेल समापन समारोहमा प्रमुख अतिथी रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिं यूके अध्यक्ष 
रामचन्द्र (सुर्जे) गुरुङले विजेता टिम र खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

gorkha3