काठमाडौं, ११ साउन । सञ्चारिका समूह नेपालले एक महिनामा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १५ जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ । असार १ देखि ३१ असारसम्म गरिएको अनुगमनको अवधिमा बलात्कारसम्बन्धी ५५ वटा समाचार समग्री प्रकाशित भएका थिए ।
अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कमाण्डर पोस्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोस्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल अङ्ग्रेजी दैनिक समेटिएका थिए ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ शीर्षकमा अनुगमन गरिएको थियो । जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य थिए ।
एक महिनामा बलात्कारका १५ समाचार






