काठमाडौं, ११ साउन । नर्भिक अस्पतालमा उपचारको क्रममा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा केही सुधार भएको छ । स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आइसियूबाट निजी क्याबिनमा सारिएको छ। मुटुमा समस्या देखिएपछि पारसलाई आइतबार नर्भिकमा भर्ना गरिएको थियो। उनको मुटुमा विशेष प्रकारको पेसमेकर जोडिएको छ। उनले अस्पतालका केही बेर छोरा पारसको स्वास्थ्यबारे चिकित्सकसँग भलाकुसारी गरी फर्केका थिए। अस्पताल पुगेका परिवारका सदस्य तथा आफन्तसँग पारसले आफू ठीक रहेको बताएका थिए ।
पारसको स्थिति बुझ्न पूर्वराजारानी तथा पूर्वयुवराज्ञी हिमानी सोमबार बेलुका नर्भिक अस्पताल पुगेका छन्। बेलुका छ बजे छोराछोरीसहित हिमानी अस्पताल पुगेकी थिइन्। उनले एकघन्टासम्म अस्पतालमै रहेर पारसको स्वास्थ्यस्थिति बुझेकी थिइन्। बेलुका सात बजे पूर्व ज्ञानेन्द्र शाह र कोमल शाह पनि अस्पताल पुगेका थिए। आइतबार बेलुका पनि पूर्वराजा ज्ञानेन्द्र छोरा पारसलाई खाना लिएर अस्पताल पुगेका थिए। नर्भिक अस्पतालका वरिष्ठ संचार प्रबन्धक आरपी मैनालीका अनुसार पूर्वयुवराज पारसको स्वास्थ्य सुधारको क्रममा छ। उनले खाना नियमित खाइरहेका छन्।
पारसको स्वास्थ्यमा सुधार






