नमुना आत्मनिर्भर महिला केन्द्र वामी द्धारा सरसफाई कार्यक्रम सम्पन्न

कमल पौडेल
बागलुङ (खर्वाङ)
चारतारे युवा क्लव सिवाईसि नेपाल खर्वाङ शाखाको लघुवित्त कार्यक्रम अन्तर्गत रहेको नमुना आत्मनिर्भर महिला केन्द्र नं. ९ वामी ३ परुवा गुल्मीले आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकोसमयदान तथा समय व्यावस्थापन कार्यक्रम अन्तर्गत आज राङरुङ खोला देखि स्थानिय मसानघाट सम्म र टार परुवा क्षेत्रमा सरसफाई गरिएको हो । सो सरसफाई कार्यक्रममा केन्द्रका प्रमुख उपप्रमुख लगाएत ३८ जना सदस्यहरु तथा स्थानिय व्याक्तित्वहरु सहित ६० जनाको सहभागिता रहेको थियो । भने कार्यक्रममा प्रत्येकले ६ घण्टाको दरले श्रम तथा समयदान गरिएको वताइएको छ । सिवाईसि नेपाल खर्वाङ शाखा अन्तर्गत १ सय ४२ केन्द्रले हरेक महिना समयदान गर्दै आएको वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्माले वताउनु भएको छ ।