“फस्ट गोर्खा आमा समुहका १५० आमाले गरे बोनमाउथ समुद्रको भ्रमण (फोटो फिचर)

लन्डन — बेलायतमा क्रियाशील “फस्ट गोर्खा आमा समूह” ले बर्नमाउथ समुद्र किनार (सी–साइड) मा एकदिने रमाइलो तथा सांस्कृतिक भ्रमण सम्पन्न गरेको छ। समूहकी अध्यक्ष सेतीमाया गुरुङको अध्यक्षता तथा समाजसेवी शेरबहादुर सुनारको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा एक सय ५० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।

भ्रमणमा सहभागी सदस्यहरू अल्डरसटस्थित कुलबीर थापाको सालिक अगाडि भेला भई आवश्यक सुरक्षा जानकारी लिएपछि दुईवटा कोचमार्फत प्रस्थान गरेका थिए। कार्यक्रममा अल्डरसटको वेलिङटन वार्डबाट निर्वाचित काउन्सिलर तथा भूतपूर्व गोर्खा उत्तर गुरुङले शुभकामना व्यक्त गर्नुका साथै आर्थिक सहयोगस्वरूप १०० पाउण्ड प्रदान गरेका थिए।
“फस्ट गोर्खा आमा समूह’का ‘सयौं आमाहरुको नामलिस्ट तयार गर्ने सम्पूर्ण काम गंगा प्रसाद गुरुङले गरेका थिए

बर्नमाउथ समुद्र किनारमा पुगेपछि सहभागीहरू चर्चित गायक बालचन्द्र बरालसँगै भेला भई नाचगान तथा मनोरञ्जनमा रमाएका थिए। कार्यक्रममा विशेष रूपमा प्रस्तुत गरिएको “छमछमी” नृत्यले उपस्थित सबैमा उत्साह र उमंग थपेको थियो।

कार्यक्रमका क्रममा अध्यक्ष सेतीमाया गुरुङले यस्तो भ्रमणले मनोरञ्जन मात्र नभई बेलायतमा बसोबास गर्ने नेपाली, विशेषगरी गोर्खा समुदायका आमाहरूबीच आपसी सम्बन्ध सुदृढ पार्ने, एकता अभिवृद्धि गर्ने र सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने बताइन्।

फस्ट गोर्खा आमा समूहले प्रत्येक वर्ष यस्ता भ्रमण तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नियमित रूपमा सामाजिक भेटघाट, नाचगान तथा अभिभावकहरूको सम्मानमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

समग्रमा, बर्नमाउथ समुद्री भ्रमणले बेलायतमा रहेका नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र सामुदायिक भावना कसरी जीवन्त राखिरहेका छन् भन्ने सशक्त उदाहरण प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *