हाम्रो क्लवले गर्यो भब्य तीज कार्यक्रम

सिड्नी । हाम्रो क्लव अस्ट्रेलियाले तीजको अवसरमा पारेर ओरन पार्क लाइब्रेरी हलमा “हाम्रो तीज २०२५ ‘ भब्यताका साथ  सम्पन गरेको छ  । २४ अगस्ट आइतबारका दिन दिउँसो  १२ बजेबाट बेलुकी साँझसम्म चलेको कार्यक्रममा नेपालबाट आएका कलाकारहरु चोलेन्द्र पौडेल लक्ष्मी मल्ल श्री कृष्ण बमलको बेजोड प्रस्तुतिले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको थियो।

 स्थानीय क्याम्डेन काउन्सिल र अन्य स्थानीय व्यवसायले प्रायोजन गरेको कार्यक्रममा लगभग ३०० जना भन्दा बढीको उपस्थिति रहेको हाम्रो क्लबका विनोद लम्सालले जानकारी दिए। कार्यक्रममा हाम्रो क्लबका अध्यक्ष राजिव अधिकारी, सचिव सफल पौडेल लगायत सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली अभिभावक समाज ओरनपारको विशेष प्रस्तुति रहेको थियो। हाम्रो क्लब ओरेन पार्कले वर्ष नै तीज कार्यक्रमहरू तथा नेपाली सांस्कृतिक जगेर्ना गर्ने कार्यक्रमहरू गर्दै आइरहेको छ।