लण्डन । सोंपाल समाज युकेले ल्होसार पर्व भव्य रुपमा मनाउने भएको छ । आगामी ७ जनवरी २०२३ तारिख शनिवार भव्य रुपमा ल्होसार पर्व मनाउन लागिएको समाजले जनाएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तैयारी स्वरुप समाजका अध्यक्ष श्री प्रसाद गुरुङको अध्यक्षतामा तैयारी बैठक लण्डनकोको सड्बडी स्थित हिमालयन क्लबमा सप्पन्न भएको छ ।
बैठकले कार्यक्रमका अवसरमा आमन्त्रित गर्ने प्रमुख अतिथि, अन्य अतिथि तथा कलाकारहरुको विषयमा छलफल गरेको छ । त्यस्तै यस बर्ष पनि हरेक बर्षहरुमा जस्तै सोंपाल समाज युकेले बेलायत भरी छरिएर रहेका सोंपाल बासीहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गर्नुको साथै जति पनि चेलीबेटी ज्वाइँ र भान्जाभान्जीहरुलाई कार्यक्रममा निमन्त्रणा गर्ने निणर्य गरेको समाजका सचिव भरत गुरुङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
कार्यक्रम सफल बनाउन समाजका सल्लाहकारहरु, आमासमुहरुले राफल पुरस्कार प्रायोजना गरेका छन् भने यस् बर्षको ल्होसार कार्यक्रममा पेय पदार्थको प्रायोजन पूर्व ट्रस्टिज तथा सल्लाहकार क्या. चित्र बहादुर गुरुङ र उनको परिवार तथा श्री चन्द्र बहादुर गुरुङ र उनको परिवार एवम् पुर्ब सल्लाहकार गणेश गुरुङ र परिवारले गर्ने भएका छन् ।
कार्यक्रमको अवसरमा समाजका विभिन्न ओहोदामा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई सम्मान, शिक्षा, नयाँ वैवाहिक सम्बन्धमा व्यक्तिहरुलाई बधाई तथा अभिनन्दन गर्ने समेत बैठकले निणर्य गरेको छ । बैठकमा संस्थाका पूर्व अध्यक्षहरु, ट्रस्टिजहरु र आमा समुह लगायतको उपस्थिति रहेको थियो ।
लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै समाजका सल्लाहकार डेबिड गुरुङले ल्होसार पर्व सबैको साझा पर्व भएकाले कार्यक्रममा उपस्थित भईदिनुहुन सम्पूर्णलाई अनुरोध गरेका छन् ।







