लण्डन । नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका पूर्वनेता गोपाल आचार्यको लण्डनमा निधन भएको छ । विगत १० वर्ष देखी परिवारसंग लण्डनमा बस्दै आएका आचार्यको गत शुक्रवार साँझ निधन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन स्ववियु सभापति किशोर सिहं राठौरको कार्यकालमा उनी त्रिचन्द्र क्याम्पसको उपसभापति थिए । पारिवारीक स्रोतका अनुसार उनी क्रिस्मस अघि घरमै अस्वस्थ भए पछि अस्पताल भर्ना गरिएको थियो ।
५० वर्षिय आचार्यको कलेजोमा समस्या देखिएको थियो । उनको आगामी शुक्रवार बिहान पूर्विलण्डनमा अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।
उनका एक छोरा र श्रीमति छन् । पर्वत कुस्मा घर भएका आचार्यका आमाबुवा भारतको देहरादुनमा बस्दै आएका छन् ।
उनको निधन प्रति वेलायत स्थित नेपाली जनसमुदाय, संघसंस्था तथा जनसम्पर्क समितिले दुःख व्यक्त गरेका छन् ।
लण्डन नेपाल न्यूजका प्रबन्ध निर्देशक समेत रहेका एनआरएनए यूकेमा पूर्व महासचिव आर के त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दुःख व्यक्त गरेका छन् । ‘पटकपटक प्रजातान्त्रिक आन्दोलनमा संगै सहभागि भयौँ । हिजोको ति दिन मानपसटलमा नाचिरहेका छन् । मृतात्माको चिर शान्ति सहित परिवारमा गहिरो समवेदना ‘ उनले लेखेका छन् ।






